×

पूर्वी क्षेत्रमा मनसुन सक्रिय, ठूलो वर्षाको सम्भावना

images

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । 
 
केही ठाउँमा ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा मनसुन केही सक्रिय भएकाले त्यस क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको हो । काठमाडौंमा पनि आज दिउँसो पछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मङ्गलबार १० साउन २०७९ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया