×

कोपा अमेरिका- अर्जेन्टिनाको दोस्रो जित

images

काठमाडौं ।  कोपा अमेरिकामा उपाधि दाबेदार अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । उसले पहिलो खेलमा क्यानडालाई २–० ले हराएको थियो ।

अर्जेन्टिनाको दोस्रो जितमा परिवर्तित खेलाडी लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको ८८औँ मिनेटमा गोल गरेका हुन् । अर्जेन्टिनाले यो जितपछि दुई खेलबाट ६ अंक जोडेको छ । ऊ अहिले तालिकाको शीर्ष स्थानमा छ । पराजित चिली तेस्रो स्थानमा छ । अर्जेन्टिनाले तेस्रो खेलमा आइतबार पेरुको सामना गर्नेछ ।

बुधबार १२ असार २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया