×

हेर्नुहोस आजको मौशम

images

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल मौसमको अवस्था:

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने लुम्बिनी प्रदेशका थोरै भू-भागमा हुस्सु/तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

मङ्गलबार १० मंसिर २०८२ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया