×

माधव नेपाल बयान दिन विशेष अदालतमा उपस्थित

images

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित भ्रष्टाचार मुद्दामा बयानका लागि बुधबार विशेष अदालतमा उपस्थित भएका हुन् ।

 उनीमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप लगाइएको छ । नेपाल प्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषदले हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

 पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २२ मा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् । नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो।

बुधबार ११ असार २०८२ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया