काठमाडौं। नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।
बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो। यस्तै सचिवालय बैठकले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
प्रतिक्रिया