×

आज मुम्बई र गुजरात भिड्दै

images

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मंगलबार एक खेल हुदैछ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

साबिक विजेता गुजरात आजको खेल जितेर शीर्ष स्थानमा आफ्नो दावेदारी कायम गर्न चाहन्छ । गुजरात ६ खेलमा ४ जित र २ हारका साथ चौथो स्थानमा रहेको छ । पाँच पटकको च्याम्पियन मुम्बई पनि यस खेलमा जित हात पार्ने लक्ष्यमा रहेको छ । मुम्बई ६ खेलमा समान तीन जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । मुम्बई भने पन्जाब किंग्ससँग पराजित भएको थियो । यि दुई टोलीबीचमा अहिलेसम्म एक खेल मात्र भएको छ । जसमा मुम्बई विजयी भएको थियो । यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् । एजेन्सी

मङ्गलबार १२ बैशाख २०८० ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया