१.
कसैको सादा कसैको रंगिन छ जिन्दगी यहाँ
चाहेजस्तो जीवन वनाउनलाई छैन आसानी यहाँ
हुनेखानेलाई अभाव के हो भन्ने समेत थाहा छैन्
अन्न नपाएरै भएका छन् कोही मान्छे खरानी यहाँ ।
२.
मन साटासाट गरियो अब एउटै धड्कन होला
तिम्रो हात समाएपछि मेरो प्रेमको जतन होला
थरीथरी गाडी गुड्ने सडक रहेछ तिम्रो त्यो दिल
म सोच्दथें फूलहरु फूल्ने पवित्र आँगन होला ।
३.
उजाड मरुभूमीमा केही फल्न सक्दैन
जस्तै तेलविनाको वत्ति बल्न सक्दैन
जतिसुकै एक्लै बाँच्ने धाक लगाएपनि
कसैको साथ विना जीवन चल्न सक्दैन् ।
४.
अलिकति तिम्रो माया मिसाए हेर्दाहेर्दै
आशा बोकी दुबै आँखा चिसाएर हेर्दाहेर्दै
दुबै मिली गाँसेको कतिबेला चुड्यो डोरी
नजरहरु मोडी त्यतै बिसाएर हेर्दाहेर्दै ।
प्रतिक्रिया