×

ऐतिहासिक एसियाली सिनियर करातेमा रजत जितेकी एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

images

काठमाडाैं। चीनको हाङझाओमा भएको २० औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन्। उनलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो।  त्यस्तै एसियन जुनियर कराते च्याम्पियनसिप र एसियन पारा कराते च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई स्वागत गरिएको छ।

एरिका लगाएतलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत विमानस्थलमा पुगेका थिए। स्वागत कार्यक्रममा खेलाडी एरिकाले गुरुङले गोल्ड मेडल प्राप्त गर्ने लक्ष्यका साथ खेलेपनि रजत पदक प्राप्त भएको बताइन्। उनले आगामी दिनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताइन्।

त्यस्तै राखेप सदस्य सचिव घिसिङले आगामी दिनमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै अहिलेका पदक बिजेता खेलाडीहरुलाई छिटै पुरस्कार दिने बताए। एरिकाको अन्तराष्ट्रिय खेलमा सहभागीता र प्रशिक्षणको व्यवस्था राखेपले गर्ने उनले बताए। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो।

शुक्रबार भएको खेलमा तीन वाउट जित्दै एरिका फाइनलमा पुगेकी थिइन्। ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन्।

मङ्गलबार ८ असोज २०८१ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया