×

सुडानमा रहेका नेपाली अधिकारीहरू सुरक्षित

images


काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एक जना अधिकारी छन् । उहाँहरू हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता

कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एक जना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले बताए ।

सोमबार ११ बैशाख २०८० ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया