×

निगमलाई रोकेर कोरियन एयरको एकलौटी

images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढि हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् ।

यसले साँच्चिकै नेपाली युवाहरु महँगो भाडा तिर्न बाध्य भएका हुन् त भन्ने प्रश्न सतहमा आएको छ । मन्त्री किरातीले शुक्रबार कोरिया जाने हवाई टिकट किन महँगो भयो भनेर श्रम तथा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई प्रश्न गरेका थिए ।

मन्त्री किरातीले ईपीएसमार्फत कोरियन एयलाइन्सद्वारा जाने टिकट लागत कति हो? प्रतिव्यक्ति नाफा कति आउँछ? कति प्रतिशत बढाउन पाउने नियम छ? कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ र सम्रगमा अहिलेसम्मको टिकट बजेट कति हुन आउँछ? लगायतका प्रश्न सोधेका थिए । आजको कारोबार दैनिकबाट

सोमबार ११ बैशाख २०८० ०७:५७ AM मा प्रकाशित

प्रतिक्रिया