×

एक सय रुपैयाँले घट्यो सुनको मुल्य 

images

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।  आज पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम  छ ।
 

शुक्रबार​ १२ फागुन २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया