काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ ।
मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको परिमार्जित क्यालेन्डरमा राखिएको छैन ।
यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो । तर, परिमार्जित क्यालेन्डरमा एनएसएल राखिएको छैन ।
नेपाली राष्ट्रिय टिमले भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ । जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। त्यस्तै कार्तिककमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ । नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ ।
त्यसैगरी सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ । ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया