काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ ।
काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएको छ ।
बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् ।
साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले यसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको बताएका छन् ।
प्रतिक्रिया