×

घट्यो सुनको मुल्य

images

काठमाडौं : हिजो बढेर इतिहासकै महंगो भएको सुनको मूल्यमा आज भने भारी गिरावट आएको छ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ५ सयले घटेको छ।

मंगलबार तोलाको एक लाख ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला  १ लाख ९० हजार ४०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मंगलबार भने प्रति तोला छ हजार ९०० ले  सुनको भाउ बढेको थियो। 

आज चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँ घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले  बढेर प्रतितोला  एक हजार ९७० मा कारोबार भएको थियो। 

बुधबार १० बैशाख २०८२ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया