×

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

images

काठमाडौं । रेशम चौधरीले उम्मेदवारी खारेजको विरूद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरी सर्वोच्च अदालत पुगेका हुन् । 

कैलाली क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृतको कार्यालयले आफ्नो उम्मेदवारी अनुचित ढंगले रद्द गरेको चौधरीको आरोप छ। उनले उक्त निर्णय बदर गर्नुपर्ने मागसहित उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गर्न अदालतसँग आग्रह गरेका छन्।

शुक्रबार दर्ता भएको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।

चौधरीले कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। तर निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आफूलाई निर्वाचनमा भाग लिनबाट वञ्चित गरिएको भन्दै चौधरीले उम्मेदवारी यथावत् राखी प्रतिस्पर्धा गर्न पाउने वातावरण बनाउनुपर्ने माग गरेका छन्।

शुक्रबार​ १० माघ २०८२ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया