×

युवाहरुलाई नीजीक्षेत्रले रोजगारी दिनुपर्छ - महामन्त्री थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले युवाहरुलाई रोजगारी दिन नसक्ने बताएका छन् । आज (बिहीबार) नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए । महामन्त्री थापाले सरकारले रोजगारी दिने नभएर वातावरण बनाइदिनुपर्ने बताए ।

पछिल्लो आँकडाअनुसार वर्षमा करिब ५ लाख जनशक्तिलाई रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए । तर, सरकारले सेना, प्रहरी, शिक्षक, निजामति सेवालगायत गरेर मुस्किलले २० हजारमात्रै रोजगारी दिनसक्ने र बाँकी ४ लाख ८० हजार बेरोजगार हुने अवस्था रहेको महामन्त्री थापाको भनाइ छ ।

जो प्रधानमन्त्री बनेपछि सरकारले सबै नागरिकलाई रोजगारी दिन नसक्ने महामन्त्री शर्माको दाबी छ । उनले सरकारले केवल रोजगारी सिर्जना हुने वातावरण बनाइदिन सक्ने उनले बताए । ‘सरकारले रोजगारी दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन सक्दैन, केवल वातावरण बनाउने मात्रै हो,’– महामन्त्री शर्माले भने ।

बिहीबार १० माघ २०८१ ०५:०८ PM मा प्रकाशित

प्रतिक्रिया