×

रियल मड्रिडको फराकिलो जित

images

काठमाडौं ।  रियाल मड्रिडले स्पेनिश ला लिगा अन्तर्गत स्पानियलमाथि फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले स्पानियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा डानि कारभाजल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै स्पानियलका लागि एक गोल रियाल म्याड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए । अन्य खेलमा भ्यालेन्सियाले गिरोनालाई २–० ले, ओसासुनाले लस पल्मसलाई २–१ ले तथा डेपोर्टिपोभ अलाभेसले सेभियालाई २–१ ले हरायो । रियाल भल्लाडोलिड र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

लिगमा बार्सिलोना सतप्रतिशत नतिजासहित पाँचबाट १५ अंकमा रहेर शीर्ष स्थानमा रहेको छ । बार्साले आज राति भिल्लारियलसँग खेल्नेछ । रियाल मड्रिड ६ खेलमा चौथो जित हासिल गर्दै १४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

आइतबार​ ६ असोज २०८१ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया