×

आज २०० रुपैँयाले घट्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार भने पुरानै दरमा कारोबार भएको सुनको मूल्य आज भने तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। 

आइतबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। छापावाल सुन प्रतितोला ९५ हजार ५०० र तेजाबी सुन प्रतितोला ९५०० हजार रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १५ रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।  

सोमबार ६ भदौ २०७९ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया