युएई संवाददाता । तनहुँ सेवा समाज , युएई ले २०९ औ भानु जयन्ती मनाएको छ् । युएईमा खुल्ला रचना वाचन समारोह २०२२ को आयोजना गरि भानु जयन्ती मनाएका हुन्। कार्यक्रममा युएईमा रहेका साहित्यकर्मी , कवि र सर्जकहरुले आ - आफ्नो सिर्जनाहरु वाचन गरेका थिए।
तनहुँ जिल्लाको चुँदीको रम्घामा जन्मिएका आदि कवि भानुभक्त आचार्यले एउटा घाँसीले घाँस बेचे्र कुवा खनाइ बटुवाहरुलाई पानी खुवाएको कुराबाट आममानिषलाई प्रभावित पारेका थिए ।
कवि भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । दिनरातको मेहनत पछि उनी नेपाली भाषामा अनुवाद गर्न सफल भएका थिए ।
उक्त कार्यक्रमको व्यवस्थापन तनहुँ सेवा समाज , युएईले गरेको थियो, भने कार्यक्रमको संयोजन ट्क गुरुङले गरेका थिए।
प्रतिक्रिया