×

नेपालको व्यापार घाटा उच्च, १० महिनाको अवधिमा १२ अर्ब ४ अर्बको व्यापार घाटा

images

काठमाडौं । पेट्रोलियम पदार्थको आयातमा मात्र २ खर्ब ९१ अर्ब ७२ करोड रुपैयाँ बाहिरिएको छ । १० महिनाको अवधिमा १६६ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । १० महिनामा भारतबाट ८ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपाललाई १२ अर्ब ४ अर्बको व्यापार घाटा भएको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १५.८५ प्रतिशतले कमी हो । समीक्षा अवधिमा गत वर्षको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ थियो । १० महिनामा आइरन र स्टीलको आयातमा १ खर्ब १४ अर्ब रुपैयाँ विदेसिएको छ ।

यस्तो वस्तुको निर्यात भने ८ अर्ब २९ करोड रुपैयाँबराबरको रहेको छ । सवारीसाधन र त्यसका पार्टपुर्जा आयातमा १० महिनामा ४१ अर्ब २७ करोड रुपैयाँबराबर विदेसिएको छ । तरकारीजन्य वस्तुको आयातमा यस अवधिमा २७ अर्ब ५३ करोड रुपैयाँ विदेसिएको छ । यो अवधिमा कफी, चियाजन्य वस्तुको निर्यातबाट १२ अर्ब रुपैयाँ भित्रिएको छ । कार्पेट निर्यातबाट १० अर्ब रुपैयाँ भित्रिएको छ ।

नेपालबाट भारततर्फ भने ९१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । जस अनुसार नेपालको भारतसँग ७ खर्ब ५३ अर्ब रुपैयाँको व्यापार घाटा देखिन्छ । चीनबाट १ खर्ब ७९ अर्बको वस्तु आयात भएको छ । निर्यात भने मात्र १ अर्ब ३५ करोड रुपैयाँको भएको छ ।

इन्डोनेसियाबाट ३५ अर्ब र अर्जेन्टिनाबाट २१ अर्बको वस्तु आयात भएको छ । अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात हुँदा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको छ । १० महिनामा वैदेशिक व्यापारमा १७.५४ प्रतिशतले कमी भएका कारण राजस्व ९७ अर्ब रुपैयाँले घटेको छ ।

सोमबार ८ जेठ २०८० ०२:४४ PM मा प्रकाशित

प्रतिक्रिया