सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे सरकारले गरेको निर्णय कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।
आज बिहीवारकाे बैठकमा सत्तारूढ दलकै सांसदसहित अन्य सांसदले पनि एसपीपी सम्झौता रद्द गर्ने सरकारको निर्णय कार्यान्वयन नभएकोबारे आपत्ति जनाउँदै सरकारलाई रुलिङ गर्न माग गरेका थिए । सांसदहरूको मागपछि सभामुख सापकोटाले सरकारलाई एसपीपीबारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गर्नुभएको हो ।
‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । याे सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सन्दर्भमा संसद्लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुख सापकोटाले भन्नुभएको छ ।
प्रतिक्रिया