चितवन । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक पहिरो खस्न नरोकिएपछि पहिरो पन्छाउने काम अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भए पनि मुग्लिनपट्टि पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम रोकिएको छ । सडक डिभिजनले मुग्लिन तर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा उपकरण भएपनि सुरक्षाको दृष्टिकोणले पहिरो हटाउनको लागि समस्या भएको जानकारी दिएको छ ।
त्यस्तै नारायणघाटतर्फबाट भने एक लोडर र एक एक्स्ट्राभेटरले पहिरो हटाउने काम जारी रहेको छ । सडक अवरुद्ध भएपछि दशैका लागि काठमाडौँ बाहिर जाने हजारौं सवारी साधन र यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया