काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।
अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि फाइनलमा स्थान बनायो। नेपालसँगै म्यानमार पनि फाइनलमा पुग्यो। आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।
म्यानमारले यसअघि पहिलो खेलमा लेबनानलाई ३-१ गोल तथा बिहीबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई ५-० गोलले हराएको थियो।
प्रतिक्रिया