काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरेका छन् । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो ।
उनले भने- 'जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।'
डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।
प्रतिक्रिया