×

संसदीय समितिको निष्कर्ष : महिला आयोगको खर्च तालिम र गोष्ठीमै सकियो, पीडितले सहयोग पाएनन्

images

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको छ । 

समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले महिला आयोगको खर्च विवरण हेर्दा महिलाको हक अधिकारको प्रवर्द्धन, सुरक्षा एवम् पीडितलाई सहयोग र संरक्षण गर्नुभन्दा पनि अन्तरक्रिया, गोष्ठी, तालिम, सचेतना र दिवस मनाउनमै धेरै खर्च भएको निष्कर्ष निकालेकाे हो । यस्तै महिला आयोगले आफैँभित्र सहकार्य र समन्वय गर्न नसकेका कारण पनि प्रभावकारी कार्य सम्पादन हुन नसकेको समितिले जनाएको छ । 

आयोगले विभिन्न रूपमा पीडित रहेका महिलालाई आयोगसँग पहुँच स्थापित गर्न सक्ने अवस्था सिर्ना नभएको, सम्पर्कमा आएका पीडितले पनि आयोगबाट न्यूनतम सहयोगसमेत नपाएको लगायतका गुनासा प्राप्त भएकाले आयोगले संवेदनशील भएर काम गर्नुपर्ने देखिएको समितिले ठहर गरेको छ । 

मङ्गलबार ३ साउन २०७९ ०३:३४ PM मा प्रकाशित

प्रतिक्रिया