पहिरोका कारण बन्द भएको मकवानपुरको सिस्नेरी सडक खण्ड आज आइतवार दिउँसाेदेखि खुलेको छ ।
इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा गएको मङ्गलवार पहिरो खसेको थियो । पाँच दिनदेखि बन्द रहेको हेटौँडा–भीमफेदी हुँदै काठमाण्डाै जोड्ने छोटो मार्गमा पर्ने सिस्नेरी खण्डमा आजदेखि गाडी चल्न थालेका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
वर्षायाममा याे सडक खण्डमा जोखिम भने कायमै छ । पानी पर्दा पहिरो खस्ने गरेकाले हेटौँडा–भीमफेदी सडक बेला–बेला बन्द हुँदै आएको छ ।
प्रतिक्रिया