काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य भने आज सोमबारका लागि हिजो आइतबारको तुलनामा स्थिर रहेको छ। हिजो चाँदी प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा सुक्रीबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया