×

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   
 

आइतबार​ ५ चैत २०७९ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया