×

घट्यो सुनको मुल्य

images

एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।  गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेकाे हाे।  

शुक्रबार​ ५ बैशाख २०८२ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया