×

महिला टि–२० विश्वकपको ग्लोबल छनोट -नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

images

काठमाडौं । महिला टि–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत आज भइरहेको खेलमा नेपाली महिला टोलीले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको हो ।

नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सोनु खड्काले २६, रुबिना क्षेत्रीले १२, पूजा महतोले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । थाइल्याण्डकी थिपात्चा पुथावोङले सर्वाधिक ४ विकेट लिइन् । ओनिचा कामचोम्पुले २, चानिदा सुथिरुवाङ, सुलिपोन लाओमी र सुनिदा चातुरोङग्रातानाले १–१ विकेट लिए । अब थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

आइतबार​ ५ माघ २०८२ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया