काठमाडौं। सुनको मूल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ। जसअनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ। अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीकाे मूल्य एक हजार ९ सय ५५ रुपैयाँ थियाे।
प्रतिक्रिया