रौतहट। परोहा नगरपालिकाको बसन्तपट्टीमा डोम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन । श्री डोम समुदाय
बिकास केन्द्र ९ म्अमअ० रौतहटको ल्भउब िनामक संस्थाको आयोजनामा सो अन्तरकृया भएको संस्थाका अध्यक्ष बिजय मल्ली डोमले बताए । परोहा नगरपालिका वडा
नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ
सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालोका वहाँले अनुरोध गरेका छन । कार्यक्रममा आयोजक संस्था
डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा
रहेको वताए । सो कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिका लाई नियमित विधालय पठाउने तथा
व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन । यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न
दातृ निकायलाई अनुरोध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको
खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए । शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला
पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।
प्रतिक्रिया