काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहने छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको बैठकमा करिब ३६० सदस्यमध्ये ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेट भन्दा बढी समय आफ्नो धारणा राख्नुपर्ने भएमा लिखित रुपमा पेश गर्न भनिएको छ ।
एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । एमालेको यो बैठक शुक्रबार सकिदैछ ।
प्रतिक्रिया