×

फ्रेन्च विंगर किंग्सले कोमन बायर्न छोडेर अल नासर भित्रिए

images

काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासरले फ्रेन्च विंगर किंग्सले कोमनलाई भित्र्याएको छ । अल नासरले कोमनसँग तीन बर्षको सम्झौता गरेको हो । 

२९ बर्षिय कोमनलाई अल नासरले बयार्न म्युनिखबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार अल नासरले कोमनका लागि ३० मिलियन युरो खर्च गरेको छ । अल नासरले यसअघि पोर्चुगलका जोआओ फेलिक्स र स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएको थियो । 

यस अघि  अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर  इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो ।

त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको थियो ।

शनिबार ३२ साउन २०८२ ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया