×

थाइल्याण्डमा भिक्षुहरूलाई ब्ल्याकमेल गर्ने 'मिस गल्फ' पक्राउ

images

काठमाडौँ ।  थाइल्याण्ड प्रहरीले भिक्षुहरूसँग यौनसम्पर्क गरेको र त्यसपछि पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, यी महिलालाई 'मिस गल्फ' भनेर चिनिँदै आएको छ र उनले कम्तिमा नौ भिक्षुहरूसँग यौनसम्पर्क गरेको बताइएको छ ।

प्रहरीले ब्ल्याकमेलिङ मार्फत विगत तीन वर्षमा उनले लगभग ३८ करोड ५० लाख भाट जबरजस्ती लिएको बताएको छ । अनुसन्धानकर्ताहरूले उनको घरको खोजी गर्दा, उनीहरूले ८० हजारभन्दा बढी तस्बिर र भिडियोहरू फेला पारेका छन्, जुन उनले भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गर्ने गरेकी थिइन् ।

प्रहरीले यो कुरा पहिलो पटक जुनको मध्यमा उनीहरूको ध्यानमा आएको थियो, जब उनीहरूले थाहा पाए कि बैंककका एक प्रमुख भिक्षु अचानक एक महिलाद्वारा ब्ल्याकमेल भएपछि गृहस्थ बनेका थिए ।

मिस गल्फको मे २०२४ मा भिक्षुसँग सम्बन्ध भएको र आफू उनको बच्चाकी आमा भएको दाबी गरिन् र बच्चाको पालनपोषणको लागि ७० लाख भाटभन्दा बढी माग गरेकी थिइन् ।

बुधबार १ साउन २०८२ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया