हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको हाे । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशीक बादल लागेको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूरवानुमान महाशाखाले जनाएकाे छ ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो लाग्ने भएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ । कोशी र गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
प्रतिक्रिया