जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी प्रणाली कमजोर भएको छन् । मनसुनी प्रणाली कमजोर भएपछि अबको तीन दिन लगातार झरी पर्ने सम्भावना कम रहेको छ ।
बर्खाको समय भएकाले केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि लगातारको झरी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । केही दिनयता लगातारजसो पानी नपरे पछि गर्मी बढेको छ । विशेषगरी तराईमा गर्मीले जनजीवन प्रभावित भइरहेको छ ।
पछिल्लो २४ घण्टामा भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८, धनगढीको ३७ दशमलव २, नेपालगञ्जको ३७, सिमराको ३६ दशमलव २, जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया