×

बायर्न र मिलानलाई झिनो अग्रता

images


पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गलत समयमा लय गुमाएको छ । फ्रान्सेली लिग वान क्लब पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार भएको छ । भएको के छ भन्दा बायर्न म्युनिक र एसी मिलानले मंगलबार युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगको खेलमा झिनो अन्तरको अग्रता लिएका छन् ।
बायर्नले पीएसजीलाई उसकै घरमा १–० ले पराजित गरेको हो । यो खेल सन् २०२० को फाइनलका पुनरावृत्तिका रूपमा भएको थियो र नतिजा पनि यस्तै रह्यो । किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल गरे । कोमनले नै तीन वर्ष अगाडिको फाइनलमा पनि निर्णायक गोल गरेका थिए ।
मिलानले भने सानसिरोमा भएको खेलमा टोटनहमलाई १–० ले हरायो । खेलको सुरुमै ब्राहिम डियाजले मिलानका लागि गोल गरे । अब पीएसजी र टोटनहमले दोस्रो लेगमा हुने खेलमा एक गोलले पछाडि रहेको स्थिति उल्टाउने प्रयास गर्नेछ । यसमध्ये पीएसजीलाई धेरै गाह्रो हुन सक्नेछ, किनभने उसले अब बायर्नको घरमा खेल्नु पर्नेछ । 

बुधबार ३ फागुन २०७९ ०९:५१ AM मा प्रकाशित

प्रतिक्रिया