×

आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदै

images

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदैछ । यो दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ । यस दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउछ । 

सांस्कृतिक सम्पदा तथा धरोहरहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक भएपनि दुर्भाग्यवश, यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । २०२५  मा, यस दिवसमा सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको संकल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखिएको छ । यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्छ ।

नेपालमा, पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परेका छन् । त्यस्तै काठ, ढुंगा, धातुका कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा व्यापारमा लागेर विदेश पुर्‍याइन्छन्, जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाउछ । २०२५  मा यो दिवसले विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ ।

 

शुक्रबार​ २९ कात्तिक २०८२ १०:१० AM मा प्रकाशित

प्रतिक्रिया