काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी 'किसानझैँ फोहर' भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गरेको छ । काठमाडौं महानगरको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुनु खेदजनक रहेको बताएको छ ।
महासंघले मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न चेतावनी दिदै अन्यथा शाहको विरुद्धमा महासंघले थप कदम उठाउने बताएको छ ।
प्रतिक्रिया