×

आगामी निर्वाचनमा हाम्रै बहुमत आउँछ : एमाले अध्यक्ष ओली

images

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् । गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिने ओलीको भनाई छ । 

 

ओलीले ‘गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो । तर म जहाँ जान्छु । जहाँ पुग्छु । जुन भेगका जनतासँग भेट्छु । अन्तरक्रिया गर्छु, कुराकानी गर्छु । संवाद गर्छु । म त्यहाँ देख्छु–जनता समृद्ध नेपालः सुःखी नेपाली बनाउनका निम्ति कृत संकल्पित छन । जनता दृढ अठोटका साथ अघि बढेका छन । र, यो काम नेकपा –एमाले०को अगुवाईमा मात्रै हुन सक्दछ । नेकपा एमालेको नीति र संगठनका आवद्ध भएर मात्रै यी कामहरु हुन सक्दछ भनेर जनताले भनेका छन् । लोकतान्त्रिक शेर्पा संघले पनि यही भनेको छ ।’

 

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकिर समेत गरे । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाए ।

 

उनले भने, ‘यहि उद्देश्य प्राप्तीका लागि अहिले हाम्रा कलाकार भर्खर सानी बहिनी नाचेर जानु भयो । यही भावका साथ नाच्नु भयो । देशको मुहार फेर्नका लागि, समृद्ध नेपाल सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई जिताउनु छ । सूर्य चिन्हमा छाप लगाउनु छ भनेर उहाँ जानुभयो । आज कलाहरुको भावना, साहित्यकारहरुको भावना अथवा मजदुरहरुको भावना, किसानहरुको भावना, व्यापारीहरुको भावना, वास्तविक उद्यमी, व्यवसायीहरुको भावना, शिक्षकहरुको भावना, प्राध्यापकहरुको भावना, अरु कर्मचारीहरुको भावना, सेना, प्रहरीको भावना, सबै भावना एउटै छ–नेकपा –एमाले विजयी हुनुपर्दछ । 

आइतबार​ २९ साउन २०७९ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया