काठमाडौं, १० कात्तिक । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ।
यसअघि आइतबार प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने बढेर प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया