×

कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्छन् : मेयर शाह

images

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा मेयर शाहले लेख्नुभएको छ ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३ सय ५० पुग्छन् ।’ उहाँका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । हिजो बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् ।

मेयर शाहका अनुसार काठमाण्डौबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुनेगर्छ । तर नियमित फोहर उठ्न सकेको छैन । फोहरले काठमाण्डौको सडक दुर्गन्धित बनेको छ ।

पानी परेर बगेको ढलले फोहर छरपस्ट पारेको छ । तर नियमित रुपमा फोहर उठाउन र बञ्चरेडाँडासम्म पुर्याउन केही दिन लाग्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

तस्बिर : मेयर शाहकाे फेसबुक

आइतबार​ २९ साउन २०७९ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया