काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले छलफल गरिरहेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।
प्रतिक्रिया