काठमाडौं । नयाँ सरकार गठन भएपछि विभिन्न क्षेत्रमा आक्रामकता अपनाउँदै अगाडि बढेको सरकारले ‘राष्ट्रिय प्रतिवद्धता’पत्रको मस्यौदा सार्वजनिक गर्दै सुझाव र प्रतिक्रियाको आह्वान गरेको छ ।
विभिन्न १८ बुँदामा समेटिएको राष्ट्रिय प्रतिबद्धताका मुख्य शीर्षकहरुमा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र, रोजगारी र समृद्धि, शिक्षा र स्वास्थ्य, वन वातावरण र जलवायु परिवर्तन, सुशासन र भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाह, विद्युतिय सुशासन र प्रविधि, सामाजिक न्याय र समावेशीकरण, अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पूँजीको उपयोग अनि खेलकुद, विपत व्यवस्थापन, सहकारी र लघुवित्त क्षेत्रलाई प्राथमिकता रहेका छन् । विभिन्न राजनीतिक दलहरु लगायत सरोकारवालासँग सुझाव माग गर्दै सरकारले सार्वजनिक गरेको प्रतिबद्धताको पूर्णपाठ :
प्रतिक्रिया