×

आइसीसी लिग–२-नेपाललाई चौथौ सफलता, करण केसीले लिए चौथो विकेट नामिबिया सम्मानजनक योगफल तर्फ 

images


काठमाडौंमा जारी आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाविरुद्ध चौथो विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ४० ओभरको खेल सकिदाँसम्म चौथो  विकेट लिएको हो ।

नेपालका लागि संदिप लामिछाने, सोमपाल कामी, कुशल मल्ल र करण केसीले समान एक एक विकेट लिएका हुन् ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले ४० ओभरको खेल सकिदाँसम्म ४ विकेट गुमाएर १ सय ९० रन बनाएको छ ।

नामिबियाका, माइकल भान लिङ्गेनले शतकीय पारी खेलेका छन् । अविजित रहेका उनले, १ सय २२ बलको सामनागर्दै ६ चौका र ५ छक्का प्रहारगर्दै १ सय ९ रन बनाइसकेका छन् । 
 

मङ्गलबार २ फागुन २०७९ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया