काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ ।
शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ ।
हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।
लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।
यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिडन आएको हो। समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो।
नेपाली टिममा नेपाली टोली रोहित पौडेल (कप्तान),आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झा छन्।
प्रतिक्रिया