रियाद । स्पेनी सुपरकपको फाइनलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड भिड्ने भएका छन् । फाइनल आइतबार हुनेछ । बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुपरकपको फाइनल याक्रा तय गरेको हो । निर्धारित र अतिरित्त समयको समयको खेल २–२ को बराबरीमा थियो ।
साउदी अरेबियाको रियादस्थिति किङ फयाद स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र अन्सु फाटीले गोल गरे । बेटिसका तर्फबाट भने फेकिर र मार्लोन गार्सियाले गोल गरे । त्यस अगाडि अर्को सेमिफाइनलमा रियलले भ्यालेन्सियालाई हराएको थियो । इंग्लिस प्रिमियर लिगको बिहीबार भएको एक मात्र खेलमा चेल्सी पराजित रह्यो ।
खराव लयमा रहेको चेल्सी छिमेकी फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमका लागि कार्लोस भिनियिसले ७२ औं मिनेटमा निर्णायक गोल गरे । उसले विलियनको गोलले अग्रता लिएको थियो । त्यसपछि कालिदोउ कोउलिबेलीले बराबरी गोल फर्काएका थिए । खेल १–१ को बराबरीमा रहेको बेला डेब्यु गरिररहेका जाओ फेलिक्स रातो कार्ड खाएका थिए ।
प्रतिक्रिया