×

राजमार्गमा फेला परेको अजिङ्गरको उद्धार

images


पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलविरेमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । 

मुग्लिन पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो ।  सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिङ्गर देखा परेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरिएको थियो । वनको टोलीले अजिङ्गरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । 

उक्त अजिङ्गरको तौल १० केजी र लम्बाइ ६।५ फिट रहेको छ । अजिङ्गरलाई वनमा लगेर सुरक्षितरुपमा छाडिने उहाँले बताउनुभयो ।

सोमबार २७ भदौ २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया