×

आजको राशिफल - २०८३ भदौ २७ गते शनिबार

images

12 September 2026

पञ्चाङ्ग: भाद्र शुक्लपक्ष प्रतिपदा ०७:४७ बजेपछि द्वितीया, नक्षत्र उत्तरफाल्गुनी १४:०८ बजेपछि हस्ता, चन्द्रराशि कन्या, शनिबार।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिहिनेतले अवसर प्राप्त हुनेछ। काम दोहोर्याउनुपर्ला। पशुपालन र कृषिमा राम्रो लाभ। सन्तानको साथले उत्साह जगाउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। दीर्घकालीन योजना बनाउने बेला छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको साथले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
दिन फलदायी छ। आर्थिक पक्ष बलियो बन्नेछ। कार्यक्षेत्रमा सम्मान मिल्नेछ। स्वास्थ्यमा सुधार।

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सुखद यात्राको योग छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ।

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठा बढ्नेछ। प्रशंसा मिल्नेछ। व्यापारमा लाभ। कार्यक्षेत्रमा सफलता।

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्यले साथ दिनेछ। धर्मकर्ममा मन जानेछ। रोकिएका काम बन्नेछन्।

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
दबाब र तनाव बढ्न सक्छ। अनावश्यक विवादबाट जोगिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोस्।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
मनोरञ्जनको समय छ। जीवनसाथीसँग रमाइलो भेटघाट। व्यापारमा सामान्य लाभ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शत्रु परास्त हुनेछन्। आयआर्जन राम्रो हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति।

शुभ समय: बिहान ९:५० - ११:३०
उपाय: शनिदेवलाई तोरीको तेल चढाउनुहोस्, कालो तिल दान गर्नुहोस्। 🙏

शनिबार २७ भदौ २०८३ ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया